१९ असार २०८३, शुक्रबार

ट्याक्सी दुर्घटनापछि त्रिशुलीमा बेपत्ता रोकायाको शव फेला

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । गत शनिबार काठमाडौंबाट गोरखा गइरहेको ट्याक्सी त्रिशुली नदीमा खस्दा बेपत्ता हुनुभएका एकजनाको शव फेला परेको छ ।

दुर्घटनामा पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो भने १८ वर्षीय दिवश रोकाया बेपत्ता हुनुहुन्थ्यो । उहाँको शव पाँच दिनपछि कालीखोलास्थित त्रिशुली किनारामा भेटिएको हो ।

किरियापुत्री लिएर गोरखा जाँदै गरेको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित पृथ्वी राजमार्गको सिमलधारानजिक दुर्घटनामा परेको थियो।

दुर्घटनामा गोरखा नगरपालिका–७ का ट्याक्सी चालक ३५ वर्षीय अर्जुन सिर्मल, त्यही ठाउँका ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनकिरी रोकाया, २८ वर्षीया अञ्जना रोकाया र ९ वर्षीय बालक आगमन नगरकोटीको ज्यान गएको थियो।