
काठमाडौं, २१ चैत । नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले सरकारलाई कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्न माग गर्नुभएको छ ।
आज प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उहाँले सरकारलाई कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्न माग गर्दै दूधको मूल्य तत्काल भुक्तानीमा पहल कदमीमा लागि कृषि मन्त्रीसँग आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,‘यो देश कृषिप्रधान देश हो । सरकारले बजेट निर्माण गर्दैछ । कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान पुगोस् । दूधको मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषि मन्त्रीले पहल कदमी लिनुहोस् भनेर माग गर्न चाहन्छु ।’
उहाँले बिचौलिया हावी भएको कारण किसानहरुले रासायनिक मल पाउन कठिनाई भएको उहाँको भनाइ छ । सांसद बर्तौलाले बिचौलियाहरु अन्त्य गर्दै किसानहरुले रासायनिक मल सहज तरिकारले पाउने व्यवस्था गर्न सरकारकासँग माग गर्नुभयो ।
उहाँले भन्नुभयो,‘खेतिपातीको सिजन सुरु भएको छ । किसानहरुले रासायनिक मल पाउने कुरामा पनि सहजता भइरहेको छैन । विचौलिया हावी भइरहेका छन् । त्यसैले बिचौलियाहरु अन्त्य गर्दै किसानहरुले रासायनिक मल सहज तरिकारले पाउने व्यवस्था गर्न सरकारकासँग माग गर्छु ।’








प्रतिक्रिया