शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु

दैनिक नेपाल २०८० चैत २१ गते ७:२८

काठमाडौं, २१ चैत । टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको ज्यान गएको छ । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र अझै धेरै जना गम्भीर रहेका छन् ।

दुर्घटना हुँदा यो नाइट क्लब बन्द थियो र मर्मत कार्य चलिरहेका बेला आगलागी भएको बताइएको छ । मारिनेमा अधिकांश मजदुर रहेका छन् ।

मिडिया रिपोर्टका अनुसार इस्तानबुलको एक आकर्षक आवासीय क्षेत्रमा १६ तले भवन रहेको छ । हालसम्म क्लबका मालिकसहित पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

क्लबले पुनर्निर्माणको स्वीकृति नलिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित