
रसुवा, २० चैत । रसुवाको जीवजीवे ग्रामीण अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
अस्पतालबाट गुणस्तरीय सेवा प्रवाहका लागि पोटेबल डेन्टल एक्स–रे आरभीजी विथ ल्यापटप, २० केभीए क्षमताको जेनेरेटर, एईडी लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।
अस्पतालमा डेन्टल क्याम्प एण्ड कम्युनिकेबल डिजिज स्क्रिनिङ कार्यक्रमको शुभारम्भका अवसरमा सामग्री हस्तान्तरण गरिएको हो ।
नेप्लिज डक्टर एसोसिएसन युकेले अस्पताललाई विभिन्न सामग्री प्रदान गरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले बताउनुभयो ।
उहाँका अनुसार अस्पतालमा जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिका भित्रका गरिब विपन्न परिवारले सहज रूपमा स्वास्थ्य उपचार सेवा पाउने छन् ।
एसोसिएसनका अध्यक्ष डा. सन्जीव नेपालीले सामग्री हस्तान्तरण गर्नुभएको हो ।








प्रतिक्रिया