
हेटौंडा, २० चैत । नेकपा (एमाले) मकवानपुरको जिल्ला अधिवेशन जेठ तेस्रो साता हुने भएको छ ।
आज बसेको जिल्ला कमिटीको बैठकले जेठ तेस्रो साता जिल्ला अधिवेशन गर्ने निर्णय गरेको एमाले मकवानपुरका सचिव नवीन सिग्देलले जानकारी दिनुभयो ।
बैठकले वैशाख १५ भित्र पार्टी सदस्यता नवीकरण गर्ने, वैशाख मसान्तसम्म वडा अधिवेशन गरिसक्ने र पार्टी जिल्ला कमिटीलाई अधिवेशन आयोजक कमिटीको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको सचिव सिग्देलले बताउनुभयो ।
बैठकले अधिवेशको तयारीमा लाग्नको लागि मातहतको कमिटीलाई निर्देशन समेत दिएको छ ।









प्रतिक्रिया