
सुर्खेत, २० चैत । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।
नेकपा माओवादी र एमालेमा विश्वासको मत लिने कि नलिने भन्ने विषयमा सहमति नजुटेपछि बैठक स्थगित गरिएको छ । आज मुख्यमन्त्री राजकुमार शर्माले संसदबाट विश्वासको मत लिने तय भएको थियो ।
आज स्थगित भएको बैठक बुधबार ३ बजे बस्ने प्रदेश सचिवालयले जनाएको छ ।












प्रतिक्रिया