३० असार २०८३, मंगलबार

श्रीमान–श्रीमतीको विवाद मिलाउन प्रधानमन्त्री सक्रिय

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता र पार्टीका संरक्षकसमेत रहनुभएका उहाँका श्रीमान रेशम चौधरीबीचको विवाद मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रिय हुनुभएको छ ।

पार्टीको विषयलाई लिएर श्रीमान–श्रीमतीबीचको विवाद चरमोत्कर्षमा पुगेपछि प्रधानमन्त्री आफैँ विवाद मिलाउन सक्रिय हुनुभएको हो ।

यसैबीच उहाँले आज रञ्जिता चौधरी र रेशम चौधरीसँग छुट्टाछुट्टै वार्ता गर्नुभएको छ । उहाँले श्रीमान–श्रीमतीलाई नै बालुवाटारमा बोलाएर अलगअलग छलफल गर्नुभएको हो ।

रेशमले नाउपा पार्टी रञ्जिताले नभइ सरकारले चलाइरहेको आरोप लगाउँदै आउनुभएको छ ।