बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

चीनसँगका १४ वटा नाका कहिले खुल्छ ? : दिलेन्द्र बडु

दैनिक नेपाल २०८० चैत २० गते १२:२१

काठमाडौं, २० चैत । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले दार्चुलालगायत देशका १४ वटा नाकाहरु सञ्चालन गर्ने परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्तिबारे ध्यानाकर्षण भएको जनाउँदै संसदमा आएर स्पष्ट जवाफको माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उहाँले प्रधानमन्त्रीले पछिल्लो चीन भ्रमणको क्रममा पनि नाका सम्बन्धी सम्झौता भएको तर आजसम्म पनि खुल्न नसकेको भन्दै यसबारे मन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उपप्रधानमन्त्री हिजो मात्रै चीनको भ्रमणबाट फर्किनु भएको छ । यस क्रममा कोरोनापछि बन्द भएको दार्चुलालगायत देशका १४ वटा नाकाहरु अब छिटै खुल्ने सम्झौता भएको खबर सुन्नमा आएको छ । तर यस्तो सम्झौता प्रधानमन्त्रीको पछिल्लो भ्रमणमा पनि भएको थियो तर अहिलेसम्म पनि त्यो नाकाहरु सञ्चालनमा आउन सकेको छैन् । यो कुन मितिसम्म सञ्चालनमा आउँछ यसको जवाफ मन्त्रीले संसदमा दिनुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित