
काठमाडौं, २० चैत । नेकपा (एमाले) कपिलवस्तुको जिल्ला अधिवेशन आगामी वैशाख २९ र ३० गते हुनेभएको छ ।
पार्टी जिल्ला कमिटी बैठकले जिल्ला अधिवेशनको मिति टुंगो लगाएको हो ।
अधिवेशनको उद्घाटन कार्यक्रम शिवराज नगरपालिकाको चन्द्रौटा खेल मैदानमा हुनेछ ।
त्यसैगरी देउराली रिसोर्टको सभा हल खैरेनीपुरमा बन्दसत्र सञ्चालन हुनेभएको छ ।
बैठकबाट अधिवेशनको लागि जिम्मेवारी बाँडफाँड पनि गरिएको छ । अधिवेशनसँग सम्बन्धित विभिन्न विभागलाई जिम्मेवारी दिइएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिनुभयो ।








प्रतिक्रिया