८ असार २०८३, सोमबार

कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमति

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । सत्ता गठबन्धनबीच कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपा (एमाले) ले पाउने सहमति भएको छ ।

आज बसेको गठबन्धनको बैठकमा कणाली प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको हो । हाल माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री हुनुहुन्छ ।

अब सहमति अनुसार माओवादीले मुख्यमन्त्री एमालेलाई छोड्नुपर्ने भएको छ ।

सहमति भएसँगै प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरेर नेतृत्व एमालेलाई छाड्न निर्देशन दिइसक्नुभएको बताइएको छ ।