४ श्रावण २०८३, सोमबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको निर्वाचन प्रक्रिया स्थगित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको निर्वाचन प्रक्रिया स्थगित भएको छ ।

आगामी चैत २० गते सञ्चालन आयोजना हुन लागेको ३७ औं वार्षिक साधारण सभामा प्रस्ताव गरिएको संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको निर्वाचन स्थगित भएको हो।

सभामा सामान्य प्रस्तावको बुँदा नम्बर ५ अन्तर्गतको संस्थापक सेयरधनीहरुको तर्फवाट ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फवाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेकोमा सर्वोच्च अदालतले हिजो चैत १८ गते मतदानको कार्य स्थगित गरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेशपछि निर्वाचन प्रकृया हाललाई स्थगित गरिएको बैंकले जानकारी दिएको हो ।