४ श्रावण २०८३, सोमबार

एमालेले मधेशको विकास केन्द्रीत अभियान फेरि अगाडि बढाउँछ : ईश्वर पोखरेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १९ चैत । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्लो समिकरणमा एमालेबाट मधेश प्रदेश तिन मन्त्री रहेका कारण अब मधेश प्रदेशको विकाश हुने बताउनुभएको छ ।

एमाले जिल्ला कमिटी बाराको ११ औँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘एमालेका मन्त्रीहरुले केपी ओलीले सरकारको नेतृत्व गरेको बेलामा सुरु भएको मधेशको विकाश केन्द्रीत अभियानलाई फेरि अगाडि बढाउने छ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले मधेशबाट कृषि, भौतिक पूर्वाधार र रक्षा मन्त्री भएको हुदाँ यहाँका जनताले कृषिमा भोग्दै आएको मल, बिउबिजनको समस्या अन्त्य गरिने र मलको अभावलाई न्यूनीकरणका लागि मलको कारखाना निर्माण गरिने तथा भौतिक पूर्वाधार निमार्ण कार्य तीब्ररुपमा अघि बढाउने बताउनुभयो । उहाँले रक्षा मन्त्रालय अन्तर्गत रहेको काठमाण्डौ तराई फास्ट ट्रयाकमा अघिल्लो सरकारले गरेको आलटाललाई अन्य गर्दै समयमै सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिनुभयो ।

केपी ओलीले सरकारको नेतृत्व गरेको बेलामा मधेशले विकासको गति लिएको उहाँले स्पष्ट पार्नुभयो । मधेशी दलले २० वर्षबाट गीत बनाउदै आएको हुलाकी राजमार्ग निमार्णका निम्ती ओली सरकारको बेलामा २० अर्व रकम लगानी गरेर मधेशको मुहार परिर्वतन गरेको उहाँको भनाइ छ ।

उहाँले एमाले स्वाभिमान र स्वतन्त्रताका साथमा सामाजिक सद्भाव कायम गर्दै समाजलाई रुपान्तरण गर्ने लक्ष्यका साथ अगाडि बढेको हुदाँ एमाले आउँदै गरेको निर्वाचनमा थप शक्तिशाली र ऊर्जावान पार्टी भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । फरक प्रसंगमा पोखरेलले नगरदेखी केन्द्रको राजनीतिमा ४० प्रतिशत युवा समेटेर एमाले अगाडि बढ्ने जानकारी दिनुभयो ।

युवालाई नेतृत्वामा लैजान एमालेले तल्लेतहबाटै वातावरण बनाएको र त्यसको उदारण आगामी बैशाख १५ गते ईलाम २ मा हुने उपनिर्वाचनमा पूर्व सभामुख स्वार्गिय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई अघि सारिएको बताउनुभयो । एमाले भित्र विचार र नीतिको कमी नभएको भन्दै जोस र जाँगर भएका युवालाई पार्टीको नेतृत्व दिन एमाले आतुर रहेको उहाँले स्पष्ट पार्नुभयो ।

यसैबीच उहाँले एमालेलाई सिध्याउने रणनीतिका साथ बनेको तत्कालीन गठबन्धन आफ्नै बोझले ढलेपछी पछिल्लो समीकरण तयार भएको बताउनुभयो । देश विकार र समृद्धिका लागि काँग्रेस बाधक बन्दा समस्या भएको उहाँको भनाइ छ ।

वर्तमान सरकार फरक पार्टी र विचारबीचको गठबन्धन नभएर राष्टिय आवश्यता भएको भन्दै पोखरेलले देशको समग्र विकासका लागि नयाँ समीकरण भएको धारणा व्यक्त गर्नुभयो ।