२६ असार २०८३, शुक्रबार

एमाले लमजुङको अध्यक्षमा विष्ट निर्वाचित

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १९ चैत । नेकपा (एमाले) लमजुङ जिल्ला कमिटीको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित हुनुभएको छ ।

नवौँ जिल्ला अधिवेशनअन्तर्गत आज सम्पन्न मतगणनाबाट विष्ट अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले २८८ मत पाउँदा उहाँका प्रतिस्पर्धी कृष्णप्रसाद अधिकारीले १९९ मत मात्रै पाउनुभयो ।

यस्तै उपाध्यक्षमा जीतबहादुर गुरूङ निर्वाचित हुनुभयो भने सचिवमा राजेन्द्र बोहोरा विजयी हुनुभएको छ । यस्तै, उपसचिवमा विवश बुढाथोकी विजयी हुनुभएको छ ।

उपसचिव महिलातर्फ भने राममाया रानामगर यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।