१९ असार २०८३, शुक्रबार

विद्युतीय व्यापार विधेयक प्रतिनिधिसभाबाट पारित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । प्रतिनिधिसभाको बैठकबाट विद्युतीय व्यापार विधेयक २०८० पारित भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर सापकोटाले ‘विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

उक्त प्रस्तावमाथिको छलफलपछि विधेयक बहुमतले स्वीकृत भएको घोषणा सभामुख देवराज घिमिरेले गरेका गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा हुन्छ भन्नेको संख्या बढी भएकाले विधेयक बहुमतले स्वीकृत भएको घोषणा गर्दछु ।’