२६ असार २०८३, शुक्रबार

वैदेशिक रोजगार विभाग ताहाचलका लेखापाल निरौलाविरुद्ध मुद्धा दायर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ ।

निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा पक्राउ पर्नुभएका थिए ।

अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर अनुसार बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।