९ असार २०८३, मंगलबार

बागमतीको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एकीकृत समाजवादी पार्टीलाई पनि एक कार्यकालका लागि मुख्यमन्त्री दिने सहमति भएको हो ।

यसअघि एकीकृत समाजवादीले यथास्थितिमा मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको थियो । सहमतिअनुसार एमाले, माओवादी र एकीकृत समाजवादीमध्ये पहिलो पालो एकीकृत समाजवादीले पाउनेछ।

योसँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने हुनुभएको छ ।