१७ असार २०८३, बुधबार

न्यारोबडी जहाज इन्जिन प्रकरण : भ्रष्टाचार नभएको पुष्टि गर्न अल्टिमेटम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । संसदीय समितिले न्यारोबडी जहाज इन्जिन प्रकरणमा पन्ध्र दिनभित्र भ्रष्टाचार नभएको पुष्टि गर्ने आधार प्रस्तुत गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, पर्यटनमन्त्री हितबहादुर तामाङलगायतका सरोकारवासँग छलफल गरेको थियो ।

त्रिभुवन विमानस्थलभित्र जहाज ग्राउण्ड ह्याण्डलिङको विषय, इयु प्रतिवेदनले औंल्याएको समस्या, न्यारोबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचार, नेपाल वायुसेवा निगमको विग्रिएको दुई न्यारोबडी जहाज इन्जिन मर्मत नगरी भाडामा लिएर चलाइएको लगायतका विविध विषयमा समितिले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग जवाफ मागेको हो ।

छलफलका क्रममा निगमका तर्फबाट अधिकारीसँगै सरोकारवालाले समितिमा दिएको जवाफ चित्त बुझ्दो नआएपछि समितिका सभापति राजकिशोर यादवले १५ दिनभित्र न्यारोबडी जहाज प्रकरणमा भ्रष्टाचार नभएको पुष्टि गर्न निगमलाई निर्देशन दिनुभयो । यादवले न्यारोबडीसँगै जहाज खरिद गर्दाको सम्झौता र निगमका अधिकारीले त्यसमा भ्रष्टाचार गरेको पाइए समितिले कारबाही गर्ने चेतावनी दिनुभयो । यादवले भन्नुभयो, ‘पन्ध्र दिनभित्र न्यारोबडी इन्जिन प्रकृयामा कुनै बदमासी नगरेको समितिलाई विश्वास हुने आधार पेश गर्नु ।’

यस्तै समितिले त्रिभुवन विमानस्थलभित्र जहाज ग्राउण्ड ह्याण्डलिङको विषय, इयु प्रतिवेदनले औंल्याएको समस्या समाधान गर्न निगमले चालेका कदमका सन्दर्भमा पनि जवाफ मागेको छ ।

निगमभित्र विभिन्न समस्या देखिएको र त्यसको मूल जरो भ्रष्टाचार भएको समतिको ठहर छ । समितिले इयु प्रतिवेदन कार्यान्वयनमा नदेखिएको तदारुकता, क्यानले दिएको २७ बुँदे निर्देशन कार्यान्वयनको अवस्थाबारे पनि सोधेको छ । साथै न्यारोबडी जहाज इन्जिन प्रकरणमा भएको भ्रष्टाचार, दुवइको निर्णयलगायतका विविध विषयमा भ्रष्टाचार नभएकोपुष्टि गर्न चेतावनीपूर्ण स्पष्टीकरण मागेको छ ।

‘निर्णय किन र कुन परिस्थितिमा भयो?यसका पछाडि के–के कारण छ ? व्यवसायिक प्रयोजनका लागि जुन भिजिबल अध्ययन भएको छ त्यो प्लानिङबारे समितिले पनि विज्ञहरुलाई समितिमा ल्याएर अध्ययन गर्छौ र कसरी जाने तय गरौंला । हामीले कोर टिम बनाएर मान्यज्यूहरु तोक्छौं । ति चारवटा विषय जुन भ्रष्टाचारजन्य लाग्छत्यसमा समितिको भ्रम निवारण गर्नेगरी पन्ध्र दिनभित्रसमितिलाई विश्वास हुनेगरी पुष्टि हुने प्रमाणसहित आउनु’ सभापति यादवले भन्नुभयो ।