
काठमाडौं, १९ चैत । गरिमा विकास बैंकले विभिन्न कार्यक्रम गरी ग्लोबल मनि विक मनाएको छ ।
बैंकले देशका ७ वटा प्रदेशमा रहेका विभिन्न स्कुल, कलेज, शैक्षिक संघसंस्थाहरुसँगको समन्वयमा विभिन्न तहका विद्यार्थीहरुलाई लक्षित गर्दै १८ वटा कार्यक्रमहरु आयोजना गरेर ग्लोबल मनि विक मनाएको हो । बैंकले वित्तीय साक्षरता, वित्तीय अन्तरक्रिया, शैक्षिक सामग्री वितरण, वित्तीय चेतना प्रभातफेरी लगायतका १८ वटा कार्यक्रमहरु सम्पन्न गरेको उल्लेख गरेको छ ।
बैंकले काठमाडौं उपत्यकको हात्तीगौंडा, नयाँबानेश्वरसँगै झापाको बुधबारे, सर्लाहीको लालबन्दी, तनहुँको दमौली, गोरखाको गोरखा बजार, नवलपरासीको सुनवल, स्याङ्जाको चापाकोट, कञ्चनपुरको महेन्द्रनगरमा वित्तीय साक्षरता, मोरङको विराटचोक, धनुषाको जनकपुर, मकवानपुरको हेटौंडा, कैलालीको धनगडी र लम्कीमा विद्यार्थीहरुलाई शाखा कार्यलयको अवलोकन भ्रमण गराउनूका साथै बाराको सिमरा, सुर्खेतको वीरेन्द्रनगर, काभ्रेपलाञ्चोकको बनेपा र कपिलवस्तूको चन्द्रौटामा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्य सम्पन्न गरेको छ । उल्लेखित कार्यक्रमहरुबाट देशभरका १३ सयभन्दा बढी विद्यार्थी प्रत्यक्षरुपमा लाभान्वित भएको बैंकले जनाएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समय–समयमा विभिन्न सामाजिक उत्तरदायित्वमुखी कार्यक्रमहरु गर्दै आइरहेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, एक एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया