१५ असार २०८३, सोमबार

आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शत प्रतिशत क्यास ब्याक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरूलाई लक्षित गरी ुजेट सेट रिवार्डु नामक अफर ल्याएको छ।

यो अफर अन्तर्गत आइएमई पे एप मार्फत् अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १०० प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाउनेछन्।

चैत ६ गतेदेखि जेठ मसान्तसम्म तीन महिनाको लागि चल्ने सो अफरका ३ जना भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सञ्जालमा सार्वजनिक गरिने छ। जसमा पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको १०० प्रतिशत क्यास ब्याक पाउनेछन्।

दोस्रो विजेताले द लेकसाइड रिट्रिट–पोखराको प्याकेज जित्न सक्नेछन् भने तेस्रो विजेताले चन्द्रागिरी हिल्स रिसोर्टको प्याकेज जित्ने मौका पाउनेछन्। यसको साथै आइएमई पे मार्फत् टिकट खरिद गर्ने ग्राहकहरूले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ।