
काठमाडौं, १८ चैत । नेकपा (एमाले) को विदेश विभागको नियमित बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ ।
विभाग प्रमुख एवम् स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको अध्यक्षतामा बसेको बैठकले विभिन्न समासामायिक विषयबस्तुमा छलफल गर्नुका साथै केही महत्वपूर्ण निर्णयहरू पनि गरेको छ ।
बैठकमा विभागीय प्रमुख, सचिव, डेक्स प्रमुखहरूले आ–आफ्नो कामको रिर्पोटिङ गर्नुभएको थियो । यस्तै बैठकले बाँकी कार्यक्रमलाई कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ । जसअनुसार आगामी बैशाख ४ गते विभागले समसामायिक र अन्तर्राष्ट्रिय विषयमा मासिक रूपमा गर्दै आएको प्रस्तुति गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले जनसंगठनका अध्यक्ष र विदेश विभाग प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, अहिलेको बदलिँदो परिस्थितिमा खासगरी क्षेत्रिय राजनीति, अन्गर्राष्ट्रिय राजनीतिमा आइरहेको बदलाब र सँगसँगै नेपालमा सरकार परिवर्तन भएपछि विदेश नीतिको मामलामा के कसरी अगाडि जानुपर्छ र बललिँदो परिस्थितिमा विदेश नीति कस्तो हुनुपर्छ भन्ने विषयमा सम्पूर्ण विदेश विभागका सदस्यहरूले आ–आफ्नो तर्फबाट लिखित सुझावहरू विभागलाई दिने निर्णय पनि गरेको विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
विभागका सदस्यरूको सुझावको आधारमा राउन्ड टेबल कार्यक्रम आयोजना गर्ने निर्णय पनि भएको विभाग प्रमुख भट्टराईले बताउनुभयो ।








प्रतिक्रिया