२० जेष्ठ २०८३, बुधबार

कास्कीमा जिप दुर्घटना, दुई जनाको मृत्यु, १० घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १८ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेस्थित थामडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।

आइतबार ३ बजेर ५० मिनेटमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग. १. ज. ५५४७ नम्बरको यात्रुवाहक जिप सडकबाट अन्दाजी २ सय ५० मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो। मृतकको पहिचान खुल्न सकेको छैन। जिपमा १२ जना सवार थिए।

घटनास्थलमा कालिका गण पोखराबाट सशस्त्र प्रहरीको टोली पुगेको छ। घाइतेलाई उपचारका लागि पोखरा ल्याइँदै गरेको कालिका गणका गणपति अरूण पौडेलले बताउनुभयो ।

घटनास्थलबाट स्थानीय र नेपाल प्रहरीको सहयोगमा १० जनालाई उद्धार गरी पोखरास्थित अस्पताल पठाइएको शर्माले जानकारी दिनुभयो ।