२२ असार २०८३, सोमबार

घुस रकमसहित महाराजगञ्ज नगरपालिका- २ का वडाध्यक्ष पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । घुस रकमसहित कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर- २ का वडाध्यक्ष अजिर अलि मुसलमान पक्राउ पर्नुभएको छ ।

घर सडकको नक्सा पास गर्न सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उहाँलाई पक्राउ गरेको हो ।

अख्तियारले उहाँबाट घुस बापतको १५ हजार रकम पनि बरामद गरेको छ ।