३१ जेष्ठ २०८३, आइतबार

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, १८ चैत । गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो ।

प्रिन्स शनिबार बेलुकी ५ बजे बडिगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

उहाँको आज बिहानैदेखि सशस्त्र प्रहरी, गुल्मीका सई खड्गसिंह प्रेमीको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा ११ः३० को समयमा शव फेला परेको प्रहरीले जनाएको छ ।