
काठमाडौं, १८ चैत । मुक्तिनाथ विकास बैंक लि.ले वित्तीय साक्षरता अभिवृद्धि गर्न धादिङ जिल्लाको विभिन्न स्थानहरुमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले धादिङको रोराङ गाँउपालिका वडा नं. ५ स्थित सुन्दरदीप महिला विकास बहुदेश्य सहकारी संस्थामा आवद्ध महिलाहरुलाई र थाक्रे गाँउपालिका वडा नं. १० स्थित ठूलोपोखरीका स्थानीयबासीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो ।

कार्यत्रमहरुमा बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषयहरु, डिजिटल बैंकिङ प्रविधि र बैंकिङ क्षेत्रका विविध आयाम बारे जानकारी गराइएको थियो । यसअभियानबाट स्थानीय तहमा वित्तीय कारोबार बारे चेतना तथा पहुँच पुर्याउने उद्देश्य बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।








प्रतिक्रिया