४ श्रावण २०८३, सोमबार

वीरगन्जमा अवैध कल सेन्टर सञ्चालन गर्ने २ चिनियाँ नागरिक पक्राउ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, १८ चैत । वीरगन्जमा कल सेन्टर सञ्चालन गरेर अवैध धन्दा गर्ने दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगन्ज महानगरपालिकाको वडा नं. १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरूलाई नियन्त्रणमा लिएको हो ।

कल सेन्टर सञ्चालन गरेर अवैध कारोबार सञ्चालन गर्ने दुई चिनियाँ नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार बिक्रम थापाले बताउनुभयो । सो घरबाट दर्जनौं संख्यामा अवैध कम्प्युटर लगायतका इलेक्ट्रोनिक्सका सामानहरू समेत बरामद भएको बताउँदै डिएसपी थापाले थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले सो घरमा छापा मारेको थियो ।

प्रहरीका अनुसार चिनियाँ गिरोहले भाडामा घर लिएर कल सेन्टर सञ्चालन गरेर अवैध रूपमा कारोबार गर्दै आएका थिए ।

प्राप्त जानकारीअनुसार नन्दु राउत कुर्मीको घरमा दुई महिना पहिला हेटौंडाकी एक महिलाले घर भाडामा लिएकी ‍थिइन् । सोही घरमा चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको अवैध धन्दाको गिरोहमा थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ गरेकाहरूको नाम अहिले खुलाएको छैन् । पक्राउ परेका र बरामद भएका सामानहरूबारे आइतबार विस्तृत रूपमा जानकारी गराइने पर्सा प्रहरी प्रवक्ता थापाले बताउनुभयो ।