१० असार २०८३, बुधबार

‘नमस्ते पे’ द्वारा ग्लोबल मनी विकका अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । ‘नमस्ते पे’ ले ग्लोबल मनी विक २०२४ को अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । कम्पनीले १८ मार्च २०२४ देखि २४ मार्च २०२४ सम्म युवाहरूलाई शिक्षित, सचेत र सशक्तिकरण गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गरयो गरेको हो ।

जस अन्तर्गत नमस्ते पे द्वारा सामाजिक सञ्जालहरू र एप सूचनाहरू मार्फत, नमस्ते पे का प्रयोगकर्ताहरू र फलोवर्सले वित्तीय साक्षरता र वित्तीय समावेशीकरणको बारेमा जानकारी दिइएको हो ।

वित्तीय साक्षरता र वित्तीय समावेशीकरणका बारेमा जानकारी र नमस्ते पे ले नेपालमा वित्तीय समावेशीकरणलाई कसरी सहयोग गर्छ भन्नेबारे भिडियो तयार गरी स्टडी मटेरियल (study material) नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको जनाइएको छ ।

त्यसैगरी, नमस्ते पे ले विभिन्न कलेजहरूमा वित्तीय साक्षरता र वित्तीय समावेशीकरण सम्बन्धी सत्रहरू आयोजना गरेको थियो जहाँ युवाहरूले वित्तीय साक्षरता, बजेट, भविष्यको लागि बचतको मूल्य र अन्य सम्बन्धित विषयहरू बारे सिक्ने मौका पाउनुभयो ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।