६ असार २०८३, शनिबार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । मन्त्रिपरिषद बैठकले सरकारको आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने भन्ने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को लागि प्रदेश स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँड ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्व सात प्रदेशका लागि ७७ अर्ब ८५ करोड, स्थानीय तहको लागि ७७ अर्ब ८५ करोड र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब स्वीकृति गर्ने निर्णय समेत भएको छ ।

चालु आर्थिक वर्ष ८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते बालीधानको प्रति क्वीटल दुई हजार ७ सय ७ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोक्ने साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमाप्रति क्वीटल १२ सय ग्रामको दरले हुन आउने तौल घटाइ कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ।

यस्तै, पर्यटन बोर्डको कार्यकारी रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्र बहादुर लामा र राम प्रसाद सापकोटालाई मनोनयन गर्ने पनि बैठकले गरेको छ । नेपाल प्रसाशन सेवा समिकरणतर्फको राजपत्राङकित विशेष श्रेणीको रिक्त सचिवपदमा हरी प्रसाद लम्साललाई बढुवा गर्ने भन्ने निर्णय भएको छ ।

विकास आयोजनाको लागिप्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रुख सङख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने सम्बन्धि सर्त परिमार्जन गर्न स्वीकृति दिने निर्णय एको सरकारकी प्रवक्ता रेखाशर्माले जानकारी दिनुभयो ।