३० जेष्ठ २०८३, शनिबार

व्यवसायी प्रदीप रुङटालाई आत्महत्या दुरुत्साहन मुद्धामा अदालतको सफाई

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १६ चैत । व्यवसायी प्रदीप रुङटालाई आत्महत्या दुरुत्साहन मुद्धामा अदालतले सफाई दिएको छ ।

विहीबार चितवन जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको एकल इजलासले दावी नपुगेको भन्दै सफाई दिएको हो ।

चितवनका पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेलको मृत्यु प्रकरणमा व्यवसायी रुङटामाथि आत्महत्या दुरुत्साहनको मुद्धा लागेको थियो ।

व्यवसायी कँडेल गत बैशाख २० गते भरतपुरको बेलचोकस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा फेला पर्नुभएको थियो । घटनास्थलमा फेला परेको सुसाइट नोटमा आफ्नो व्यवसायमा जोडिएका दुई जनाको नाम उल्लेख थियो ।

सोही आधारमा प्रहरीले व्यवसायी रुङटा र जीवन बहादुर रावलमाथि आत्महत्या दुरुत्साहनको मुद्धा दायर गरेको थियो ।