सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

आधा धर्तीका मालिक महिलाको यस्तो प्रगतिमा सन्तुष्ट हुन सकिदैन : प्रधानमन्त्री

दैनिक नेपाल २०८० चैत १६ गते १३:३८

काठमाडौं, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताउनुभएको छ ।

महिला उद्यमी महासंघद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उदघाटन गर्दै उहाँले महिला सशक्तिकरणको लागि आर्थिक पहुँच दरिलो बनाउनुपर्ने भन्दै त्यसको लागि सबैको हातेमालो आवश्यक भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ । तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्न । त्यसैले महिला सशक्तिकरणका लागि सबैको हातेमालो आवश्यक छ । त्यसैले आजको दुनियाँमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ ।’

सशक्तिकरण आजको दुनियाँमा शक्तिसँग र शक्ति अर्थसँग जोडिएको भन्दै आर्थिक रूपमा सशक्त नभई साँचो सशक्तिकरण हुन नसक्ने उाहँको धारणा छ । उहाँले भन्नुभयो, ‘सशक्तिकरण आजको दुनिँयामा शक्तिसँग जोडिएको छ । शक्ति अर्थसँग जोडिएको छ । आर्थिकरूपमा सशक्त नभई साँचो सशक्तिकरण हुन सक्दैन । यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ ।’

उहाँले महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायहरूमा करछूट र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई बढाउँदै लाने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित