१५ असार २०८३, सोमबार

दोहाको लागि उडेको नेपाल एयरलाइन्सको जहाजमा समस्या, काठमाडौं फर्काइयो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । काठमाडौंबाट कतारको दोहाका लागि उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको छ ।

बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको वाइडबडी ए-३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाजलाई काठमाडौं नै फिर्ता ल्याइएको हो ।

‘नाइनएन–एएलवाई जहाज आज बिहान करिब ३ बजे काठमाडौंमा सुरक्षित अवतरण गरेको थियो । सो जहाजमा फिर्ता भएका यात्रुलाई अर्को नेपाल एयरलाइन्सको जहाजबाट दोहा पठाइएको थियो ।

यसैबीच समस्या देखिएको जहाजको मर्मत गरिएको छ । जहाजले अव नियमित उडान भर्ने जानकारी दिइएको छ ।