आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

न्युजिल्यान्डमा सवारी दुर्घटनामा धनुषाका सुरेन्द्रको मृत्यु

दैनिक नेपाल २०८० चैत १६ गते १२:०८

काठमाडौं, १६ चैत । न्युजिल्यान्डमा सवारी दुर्घटनामा परी एकजना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको शहिदनगर नगरपालिकाका ३३ वर्षीय सुरेन्द्र सर्वरिया हुनुहुन्छ । सर्वरियाको शव अहिले अस्पातलमै छ। उहाँ काममा जाने क्रममा सवारी दुर्घटनामा पर्नुभएको थियो ।

उहाँको शव नेपाल पठाउनेबारे आवश्यक प्रक्रिया सुरु गरिएको एनआरएनए न्युजिल्याण्डले जानकारी दिएको छ । शव नेपाल पठाउन १८ हजार न्युजिल्यान्ड डलर लाग्ने र परिवारको अवस्था नाजुक रहेकाले आर्थिक सहयोग संकलन थलिएको छ ।

मृतक सुरेन्द्रकी श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । सुरेन्द्र पन्ध्र महिनाअघि मात्रै रोजगारीको लागि न्युजिल्यान्ड पुग्नुभएको थियो ।

उहाँको शव नेपाल पठाउन आर्थिक सहयोगका लागि एनआरएनएले १२-३०६६-०१४८९१७-०४ नम्बरको खाता नम्बर पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित