२२ असार २०८३, सोमबार

कटुवा पेस्तोलसहित बाबुछोरा पक्राउ

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, १५ चैत । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबुछोरालाई पक्राउ गरेको छ ।

सिरहा नगरपालिका २ यादव टोलबाट ४९ वर्षीय विजय यादव र उनका छोरा १९ वर्षीय राजा यादवलाई एक थान कटुवा पेस्तोलसहित बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

घरायसी वादविवादका कारण उनीहरूबीच झैझगडा भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई घर तलासी गर्दा पेस्तोल फेला पारेकाले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

प्रहरीले आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरी यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।