शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

रौतहटमा सवारी दुर्घटना बढ्दै, ट्राफिक राजस्व असुलीमा केन्द्रित

दैनिक नेपाल २०८० चैत १५ गते ९:४९

रौतहट, १५ चैत । रौतहट जिल्लामा ट्राफिक व्यवस्था अवस्थित भएका कारण दिन प्रतिदिन घटना दुर्घटना बढ्दै गएको छ । तर जिल्लाका ट्राफिक प्रहरीले राजस्व उठाउनमा सिमित रहेको देखिएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा मंसिर महिना सम्म ३०२ वटा सवारी दुर्घटना हुँदा २६ जना ज्यान गुमाएका छन् भने ४७२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गौर रौतहटको तथ्याङक रहेको छ । पुस महिना मात्र ४९ वटा सवारी दुर्घटना हुँदा ८ जनाको ज्यान गुमाएका छन् भने ७० जना घाइते भएका छन् ।

जिल्लाको सदरमुकाम गौर, गरुडा, मौलापुर बंकुल, बमनहर, सुकदेव चौक, शिवनगर, कटहरिया, पिपरा चन्द्रपुर लगायतका ठुला बडा बजारमा अव्यवस्थित पार्किग, विना सवारी चालक अनुमतिपत्रको ई रिक्सा, टेम्पु लगायत ट्राफिक प्रहरीको सेटिङमा चलिरहेको छ । तर विभिन्न पर्व त्योहारको मौका छोपी ट्राफिक प्रहरीले मोटरसाइकल लगायतका सवारी समाती कार्यवाही गरी राजस्व उठाउनमा केन्द्रित रहेको देखिएको छ ।

पछिल्लो दिन गौर-चपुर सडकखण्ड, गौर गंगा पिपरा सडकखण्ड, बमनहर विरगंज सडकखण्डमा फितलो ट्राफिक व्यवस्थाका कारण घटना दुर्घटना भइरहन्छ । प्रहरीको नियम अनुसार कहिले पनि नियमित चेकजाँच, सवारी चलाउन सम्बन्धित जनचेतनामुलक कार्यक्रम रौतहटमा कहिले पनि नदेखिएको तर एक्कासि राजस्व संकलनका लागी प्रहरीले पर्व त्योहारको मुखमा मात्र चेकजाँच गरी सवारी पक्राउ गरी कारबाही गर्ने गरेको जनगुनासो रहेको छ ।

हालैमा वितेको होली पर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय गौरको गेट अगाडिनै भारतीय नंबरको सवारीले घटना दुर्घटना घटाउँछन् भन्दै सवारीहरु समाति कारबाही गरेको थियो । कागज पत्र हुँदा हुँदै पनि नपढेलेखेका पर्व त्योहारमा घर आएका नेपाली भाषा नबुझ्ने बोल्न नसक्ने परदेशीहरु डराई धमकाई सवारी समाती कारबाही गरेको जन-मानसले आरोप समेत लगाएका छन् । तर पर्व समाप्त हुने बितिकै ट्राफिक प्रहरीको कुनै अतोपतो नदेखिएको स्थानीयको आरोप छ ।

नेपाल सरकारले सार्वजनिक गरेको राजस्व प्रगति विवरणका अनुसार ४३% राजस्व कम संकलन भएको डाटा सार्वजनिक भएको लगत्तै राजस्व संकलनमा ट्राफिक प्रहरी केन्द्रित बनेको स्रोतले जनाएको छ ।

सवारी चलाउने जनचेतनामुलक कुनै किसिमको प्रचार प्रसार नदेखाएको कारण घटना दुर्घटना बढेको स्थानीयको बुझाई रहेको छ ।

सवारीको कागज पत्र खोसी बेलुका आउन भनेर पठाइदिने र बेलुका आउँदा कागज पत्र फेला नपरेको भन्दै चलान काटिदिने गरेको पिडितहरुले बताएका छन् ।

प्रहरी वरिष्ठ नायब निरिक्षक कमल नेपालीको मातहतका ट्राफिक प्रहरीहरुले आम जनतालाई साह्रै दुःख दिने गरेको पीडितको आरोप छ । ‘सानालाई एन र ठूलालाई चैन’उखान जस्तै नेता पावर पहुँत र चिनजान भएको व्यक्तिलाई कुनै किसिमको रोकतोक नरहेको स्थानीयको भनाई छ । न्युज कारखाना

प्रतिक्रिया
सम्बन्धित