२२ असार २०८३, सोमबार

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । नेकपा (एमाले) कास्की जिल्ला अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित हुनुभएको छ ।

जिल्ला अधिवेशन अन्तर्गत आज बिहान भएको मतदानबाट क्षेत्री अध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँले प्रतिस्पर्धी माधव बास्तोलालाई पराजित गर्नुभएको हो ।

क्षेत्रीले ५५१ मत पाउँदा बास्तोलाले २४७ मत मात्रै पाउनुभयो । यस्तै उपाध्यक्षमा भेषराज बराल निर्वाचित हुनुभएको छ भने सचिवमा दर्शन लामा विजयी हुनुभयो ।

यस्तै, उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदी निर्वाचित हुनुभएको छ । अधिवेशनले १ सय २० सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।