शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

गृहमन्त्रीलाई सांसद बडुको प्रश्न– सहकारी ठगीमा तपाईंको नाममात्र मिलेको हो ?

दैनिक नेपाल २०८० चैत १४ गते १४:१३

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सहकारी ठगी प्रकरणको निष्पक्ष छानविन गर्नुपर्ने बताउनुभएको छ ।

राज्यव्यवस्था समितिको बुधबारको बैठकमा सांसद बडुले जनताको करोडौं रुपैयाँ अपचलन भएको भन्दै जतिसुकै पहुँचवाला नेता भएपनि छानविनको दायरामा आउनुपर्ने बताउनुभयो ।

बडुले सहकारी ठगी प्रकरणमा उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको नाम समेत जोडिएको उल्लेख गर्दै यो के हो भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘छापामा आएअनुसार, केही सहकारीको रकम अन्य प्रयोजनकालागि ग्यालेक्सी टिभीमा १० करोड आउनहुन्थ्यो कि हुदैनथ्यो । रवि लामिछानेको नाममा पनि त्यो रकम आएको भन्ने छ । नाम मात्र मिलेको हो कि के हो ?’

बडुले सहकारी ठगी प्रकरणको अनुसन्धान नसकिने बेलासम्म गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने बताउनुभयो । त्यस्तै, सांसद बडुले सुन तस्करी प्रकरण सम्बन्धी छानविन समितिको रिपोर्ट समेत सार्वजनिक गरिनुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित