
काठमाडौं, १४ चैत । नेकपा (एमाले) का सांसद रघुजी पन्तले सुरक्षा संयन्त्रमाथि प्रश्न उठाउनुभएको छ ।
बुधबार राज्यव्यवस्था समितिको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियारको लाइसेन्स दिने प्रावधान नभएको भन्दै छानविन गर्न गृह प्रशासनको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘दुर्गा प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियारका लागि लाइसेन्स दिने प्रावधान छ कि छैन ? संसारमा निहत्था नागरिकको हत्याका घटनाहरुलाई ध्यानमा राखेर हाम्रो सुरक्षा व्यवस्था कडा बनाउनुपर्छ । यस्ता हतियारहरु कतिजनालाई दिइएको छ ? कति हजारको संख्यामा छ । त्यस्ता हतियार फिर्ता दिने विषयलाई गृहले कति गम्भीर रुपमा लिएको छ ?’
सांसद पन्तले प्रसाईंलाई दिइएको हतियारको प्रकार हेर्दा हतियारको लाइसेन्स जारी गर्ने नीतिमाथि पुर्नविचार गर्नुपर्ने उल्लेख गर्नुभयो । कुनै पनि नागरिकले आफ्नो सुरक्षाकालागि हतियार बोक्नुपर्ने अवस्था नहुनेगरी गृह मन्त्रालयले सुरक्षा प्रबन्ध गर्नुपर्ने उहाँको भनाइ छ ।








प्रतिक्रिया