९ असार २०८३, मंगलबार

माओवादी केन्द्रले इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारी दिने

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नं १ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको पार्टी पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको पार्टी पदाधिकारी बैठकले इलाम–२ र बझाङ–१(१)मा पनि आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । व्याक्तिको बारेमा निर्णय गर्नको लागि सिफारिस आएको छ । अर्को बैठकमा टुंगो लाग्छ ।’