शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

मस्कोमा पक्राउ परेका अमेरिकन पत्रकारलाई थप जेल सजाय

दैनिक नेपाल २०८० चैत १४ गते ७:५८

मस्को, १४ चैत । मस्कोको एक अदालतले वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविचलाई थप जेलमा बस्नु पर्ने सजाय सुनाएको छ ।

अमेरिकन पत्रकार गेर्शकोविच अब कम्तिमा जुनको अन्त्यसम्म जासुसीको आरोपमा जेलमा बस्नुपर्ने फैसला गरेको मस्को अदालतका अधिकारीहरूले जनाएको छ ।

३२ वर्षीय अमेरिकी नागरिक गेर्शकोविच सन् २०२३ को मार्चको अन्त्यमा रिपोर्टिङ असाइनमेन्टका क्रममा पक्राउ पर्नुभएको थियो । यसपछि उहाँले झण्डै एक वर्ष जेलमा बिताइसक्नुभएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उहाँको हिरासत जुन ३० सम्म लम्बिएको छ ।

पत्रकार गेर्शकोविच र उहाँको रोजगारदाता कम्पनि दुबैले रूसको आरोप अस्वीकार गर्दै आएका छन् । र, अमेरिकी सरकारले उहाँको हिरासतलाई गलत घोषणा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित