
काठमाडौं, १२ चैत । जनता समाजवादी पार्टीका नेता दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त हुनुभएको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्कीलाई राज्यमन्त्री नियुक्त गर्नुभएको हो । उहाँले आज नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
उहाँ धनुषा–१ बाट निर्वाचित सांसद हुनुहुन्छ । यो सँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ ।









प्रतिक्रिया