
काठमाडौं, ११ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुहाङ नेम्वाङमा केही गर्ने हुटहुटी रहेको बताउनुभएको छ ।
आज इलाम क्षेत्र नम्बर २ बाट उपनिर्वाचनका लागि सुहाङलाई उम्मेदवार तय गरेसँगै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा सुहाङसँगको तस्वीर पोष्ट गर्दै उहाँमा केही गर्ने हुटहुटी र उर्जा रहेको बताउनुभएको हो ।
सुहाङलाई भेट्दा सरल र नयाँ जोश हुनुभएका युवाको रूपमा आएको उहाँले उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीले सुहाङलाई विजयको शुभकामना दिनुभएको छ ।
‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम– २ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन्। फूटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको छु’, अध्यक्ष ओलीले लेख्नुभएको छ ।








प्रतिक्रिया