
काठमाडौं, ११ चैत । सुनकोशी नदीमा डुबेर तीनजना बालबालिका बेपत्ता हुनुभएको छ ।
होली खेलेर नुहाउन नदीमा पसेका तीनैजना बेपत्ता हुनुभएको हो । बेपत्ता हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका वडा नं १४ साउनेका मोहनबहादुर मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर, केदार मगरका नौ वर्षीय छोरा रिदम मगर र रुद्र पुलामी मगरका १२ वर्षीया छोरी रेखा मगर रहनुभएको छ ।
कोशीमा डुब्नुभएका रुद्र पुलामी मगरका छोरा लोकचन्द्र मगर र हरिबहादुर मगरका छोरी प्रश्ना मगरलाई भने स्थानीयले उद्धार गर्नुभएको थियो ।
बेपत्ता तीनजनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया