२७ असार २०८३, शनिबार

च्यासलमा एमाले सचिवालय बैठक जारी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । सत्तारुढ दल नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघि सुरु भएको हो ।

बैठकमा वर्तमान राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । साथै राष्ट्रिय प्रतिनिधि परिषद् बैठक तयारीका विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ ।

आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनको तयारीकाबारेमा पनि आजको बैठक छलफल हुने नेताहरुले जानकारी दिनुभएको छ ।