१ श्रावण २०८३, शुक्रबार

सीआईबीका चारजना इन्सपेक्टरको सरूवा

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहेका चारजना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरूवा गरिएको छ ।

सरूवामा पर्नुहुनेमा सुरेश खत्री, रञ्जित लामा, वकिल सिंह र कृष्ण श्रेष्ठ रहनुभएको छ । उहाँहरूको ठाउँमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्नुभएका इन्सपेक्टर राजु अधिकारी र उपत्यका अपराध अनुसन्धान कार्यालयका गजेन्द्र रावललाई ल्याइएको छ ।

सुन तस्करी जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा सीआईबीकै अधिकारीहरूले लापरवाही गरेको प्रतिवेदन बुझाएपछि सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा, डीएसपीद्धय रुगम कुँवर र दुर्गा दाहाल यसअघि नै प्रधान कार्यालय सरूवा गरिएको थियो ।

उहाँहरूलाई विभागीय कारबाही गर्न आयोगले सिफारिस गरेको छ ।