सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

मस्कोमा आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १४३ पुग्यो, ११ जना पक्राउ

दैनिक नेपाल २०८० चैत ११ गते ९:३२

काठमाडौं, ११ चैत । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १४३ पुगेको छ ।

आक्रमणको झण्डै २४ घण्टापछि राष्ट्रपति पुटिनले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै आज २४ मा राष्ट्रिय शोकको घोषणा पनि गर्नुभयो । पुटिनले आक्रमणकारीले युक्रेनतर्फ भाग्न खोजेको बताउँदै उनीहरु सबै पक्राउ परेको र कडा सजाय हुने घोषणा पनि गर्नुभयो ।

रुसले हालसम्म ११ जनालाई पक्राउ गरेको छ । जसमध्ये ४ जना आक्रमणकारी र ७ जनाले सघाइरहेको बताइएको छ । रुस–युक्रेन सीमाबाट पक्राउ परेका ११ जनालाई नै मस्को लगिएको छ ।

रुसी मिडिया हाउस आरटीको रिपोर्टका अनुसार अनुसन्धान एजेन्सीहरूले आतंकवादी हमला पूर्ण योजना बनाएर भएको बताएको छ ।

घटनाको जिम्मेवारी आइएसआइएसले लिएको छ । सेनाको वर्दीमा लगाएका चार आतंककारीले अन्धाधुन्ध गोली चलाए, बम फालेर भागेका थिए ।

पूर्व रूसी राष्ट्रपति तथा राष्ट्रिय सुरक्षा परिषद्का उप–अध्यक्ष दिमित्री मेदवेदेवले रुसले रगतको बदला रगतको बदला लिने बताउनुभएको छ । आतंककारीले आतंकको भाषा मात्र बुझ्छन् । जबसम्म बल प्रयोग गरी आतंकवादीहरूका परिवारसहित उनीहरूलाई कारबाही हुँदैन, अनुसन्धानको कुनै अर्थ छैन ।

न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार मार्च ७ मा रुसस्थित अमेरिकी दूतावासले ठूलो हमला हुने चेतावनी दिएको थियो । दूतावासले उग्रवादीहरूले मस्कोमा एक संगीत कन्सर्टमा आक्रमण गर्ने योजना बनाएको बताएको थियो । दूतावासले रसियामा रहेका अमेरिकी नागरिकलाई आगामी ४८ घण्टासम्म कुनै पनि ठूलो जमघटमा नजान आग्रह गरेको छ ।

यसै क्रममा पुटिनले अमेरिकी दूतावासमा भएको आक्रमणको चेतावनीको निन्दा गर्नुभएको थियो ।

हाल ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन किर्बीले अहिले थप जानकारी दिन नसक्ने बताउनुभएको छ ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले हलमा रुसी रक ब्यान्ड पिकनिकको कन्सर्ट चलिरहेको बेला आक्रमण भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित