२० असार २०८३, शनिबार

आफूलाई सहकारी ठग प्रमाणित गरेर देखाउन काँग्रेसलाई रवि लामिछानेको चुनौती

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफूलाई सहकारी ठग प्रमाणित गर्न काँग्रेसलाई चुनौती दिनुभएको छ ।

लामिछानेले आज सामाजिक सञ्जालमार्फत काँग्रेसले आफूलाई निरन्तर सहकारी ठगको आरोप लगाइरहेको उल्लेख गर्नुहुँदै प्रमाणित गर्न चुनौती दिनुभएको हो ।

उहाँले आफू काँग्रेससँग खुला बहस गर्न तयार रहेको पनि बताउनुभएको छ । कांग्रेस नेताहरूले भनेको दिन, स्थान र समयमा सार्वजनिक बहस गर्न तयार रहेको उहाँले बताउनुभएको हो ।

‘तपाईंहरुले भनेको दिन,स्थान र समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौं। त्यो बहस काठमाडौ-४ मा भए राम्रो। म एक्लै आउछु, तपाईं आफ्ना विज्ञ,पार्टीका सम्पुर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पुर्ण प्रमाण बोकेर आउनु होला। यो बहस लाइभ गरौं ताकी सिङो देशले हेरोस्। सारा देशका अगाडी तपाइहरुले मलाई सुर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नु होला। तपाईंका कुरा तपाईं जान्नुहोस् मैले त मेरा मतदाता माथी न्याय गर्नै पर्छ। जवाफ दिनै पर्छ। मेरो यो प्रस्तावको जवाफमा तपाईंहरुले कहिँ,कतै,केही लेख्न बोल्न पर्दैन।दायाँ बायाँ केही कुरा नगर्नु होला। वस्, तपाईं मलाई यत्ती मात्र भन्नुस्,म कहिले कहाँ तपाईका आरोपहरुको जवाफ दिन आँउ ?,’ उहाँले भन्नुभएको छ ।