सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

मस्कले मष्तिष्कमा चिप हालेका व्यक्तिले चेस खेल्न थाले

दैनिक नेपाल २०८० चैत १० गते १८:४१

न्युयोर्क, ११ चैत । एलन मस्कको कम्पनी न्यूरालिंकले ठूलो सफलता हासिल गरेको छ ।

न्यूरालिंकले मस्तिष्क कम्प्युटर इन्टरफेस प्रविधिमा आफ्नो उपलब्धिसँगै मानव जीवनमा नयाँ आशा ल्याएको छ ।

वास्तवमा न्युरालिंकले मार्च २३ मा एक भिडियो साझा गरेको छ । यो भिडियोमा एक पक्षाघाती व्यक्तिले कम्प्युटरको कर्सरबाट आफ्ना विचारहरूसँग चेस खेलिरहेको देखाइएको छ ।

भिडियोमा ती व्यक्तिले आफ्नो नाम नोल्यान्ड अर्बाग खुलाउनुभएको छ । अर्बागको हालको उमेर २९ वर्ष हो । नोल्यान्ड अर्बाग मानसिक रूपमा पूर्ण रूपमा फिट हुनुहुन्छ तर उनको काँधको तल्लो भाग पूर्ण रूपमा निर्जीव भएको छ ।

सेयर गरिएको भिडियोमा अर्बागले कम्प्युटरको कर्सरलाई पूर्णतया दिमागले कन्ट्रोल गरेको भन्दै सुनिन सकिन्छ । उहाँले भन्नुभयो, ‘स्क्रिनमा यो कर्सर हेर्दै, यो म हो । यो सबै मष्तिष्क शक्तिको खेल हो ।’

भिडियोमा अर्बागले आफूसँग भएको दुर्घटना पनि उल्लेख गर्नुभएको छ । अर्बागका अनुसार दुर्घटनाका क्रममा उहाँको काँधको तल्लो भाग पक्षाघात भएको थियो । त्यसपछि यो वर्षको सुरुमा न्यूरालिंकबाट उहाँको मस्तिष्कमा एउटा चिप प्रत्यारोपण गरिएको थियो । उहाँले चिप अघि कुनै पनि खेल खेल्न छाड्नुभएको थियो तर अब उहाँ फेरि खेल्न सक्छन् ।

प्रतिक्रिया
सम्बन्धित