
काठमाडौं, ९ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एमाले जिल्ला कमिटी कास्कीको ११औँ अधिवेशन उद्घाटनमा नजाने हुनुभएको छ ।
शनिबारदेखि पोखरामा सुरू हुने अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गर्ने तय भएको थियो । तर, अध्यक्ष ओली पोखरा जान नपाउनुहुने भएपछि पार्टी महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुहुने भएको छ ।
एमाले कास्कीले शुक्रबार पत्रकार सम्मेलन गर्दै अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । अधिवेशनबाट १२० सदस्यीय जिल्ला कमिटी गठन हुनेछ । अधिवेशनका लागि ९ सय ३५ प्रतिनिधि छनोट भएको अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिनुभयो ।








प्रतिक्रिया