९ श्रावण २०८३, शनिबार

काँग्रेसले फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभएको हो ।

‘उपरोक्त सम्बन्धमा मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिबाट सो समर्थन फिर्ता लिइएको ब्यहोरा जानकारीको लागि अनुरोध छ,’ पत्रमा भनिएको छ ।

Skip This