३२ असार २०८३, बिहिबार

एमाले समाजवादी मोर्चामा सहभागी नहुने

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । नेकपा (एमाले) समाजवादी मोर्चामा सहभागी नहुने भएको छ ।

आज प्रधानन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्तापछि बाहिरिने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चामा सहभागी नहुने बताउनुभएको हो ।

अध्यक्ष ओलीलाई पत्रकारहरूले समाजवादी मोर्चामा एमाले सहभागी हुने हो ? भनेर प्रश्न गर्दा उहाँले ‘होइन’ भन्ने जवाफ दिनुभएको हो । प्रधानमन्त्रीसँग के के कुरा भयो ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘राम्रै कुरा भयो’ ।

आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि मोर्चामा सामेल गराउने निर्णय गरेको थियो । त्यसका लागि मोर्चाले ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । लगत्तै प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा प्रदेशको भागबण्डा, शान्ति प्रक्रियाका बाँकी कामलगायत विषयमा पनि छलफल भएको जानकारी दिइएको छ ।