३० जेष्ठ २०८३, शनिबार

बन्चरो प्रहार गरी छोराले गरे बाबुको हत्या

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, ७ चैत । सप्तरीमा छोराले बाबुको हत्या गरेको घटना सार्वजनिक गरेको छ ।

सप्तरीको सप्तकोसी नगरपालिका-३ सखबनी नयाँ बस्तीका २२ वर्षीय लालदेब सदाले बन्चरो प्रहार गरी ४५ वर्षीय बुबा हिराई सदाको बुधबार हत्या गरेका हुन् ।

बिहान ८ बजेतिर घरायसी विवादमा बन्चरो घाँटीमा प्रहार गर्दा हिराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरी प्रवक्ता डुण्डिराज नेउपानेले जानकारी दिनुभयो ।

आरोपी लालदेबले छिमेकी ६५ वर्षीय दसन सदालाई पनि बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारले उनको टाउको र हातमा चोट लागेको छ । अहिले उनको फतेपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आरोपी लालदेवलाई बन्चरोसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।